अमेरिकामा बस्ने नेपाली चिकित्सक टोली नेपाल प्रस्थान

१८ बैशाख २०७२, शुक्रबार २२:३२ मा प्रकाशित

खेम भट्टचन, वाशिंगटन डिसी । महाभूकम्पबाट पीडितलाई राहत वितरण गर्न र घाईतेलाई उपचार गर्न अमेरिकामा रहेको नेपाली चिकित्सक टोली नेपाल प्रस्थान गरेको छ।

अमेरिकामा बस्दै आएको नेपाली चिकित्सक र स्वयंसेवकहरूको टोली वाशिंगटन डिसीको अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेको हो। भर्जिनियाको नेपाली संस्था नेपाल सहयोगी समाजका सकृय कार्यकर्ताहरू सागर कंडेल, पदमराज रेग्मी र नेपाली चिकित्सक डा मदन उप्रेती हिजो बिहिबार साँझ दुल्लास ईन्टरनेशनल एअरपोर्टबाट नेपाल प्रस्थान गरेका हुन्।

नेपाल सहयोग समाज र डिसी नेपाली समाजका कार्यकर्ताहरू अध्यक्ष अरूण रूपाखेती, दधी ढुंगाना, बिजय थापा, बिश्वराज थापालगायतको ठूलो समुह उनीहरुलाई बिदाई गर्न एअरपोर्ट पुगेको थियो।

भुकम्पका घाईतेलाई ऊपचार गर्न र राहत बितरण गर्न चालिस हजार डलर $४०,०००.०० चन्दा संकलन गरेर टोली नेपाल प्रस्थान गरेको हो। अमेरिकामा कार्यरत नेपाली डाक्टरहरू, अमेरिकन डाक्टरहरू, अमेरिकामा नर्शिंग काम गर्ने नेपाली नर्शहरू र नेपाल सहयोग समाज भर्जिनियाका स्वयंसेवकहरू भुकम्पले सबैभन्दा धेरै धनजनको क्षती भएको जिल्ला सिन्धुपालचोक गएर राहत बितरण र घाईतेको उपचारमा खटिने डा मदन उप्रेतीले डिसी नेपाललाई बताए।

उनका अनुसार नुन, तेल, आलु, दाल, चामल जस्ता खाद्य्यान्न नेपालमा किनीसकेको र पाँचसय वटा टेन्ट बितरण गर्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा