व्यवस्थापिका–संसद् अधिवेशन वैशाख २४ गते

१८ बैशाख २०७२, शुक्रबार २२:२४ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति डा. रामवरण यादवले यही वैशाख २४ गते व्यवस्थापिका–संसद्को अधिवेशनको आह्वान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहसचिव भूपेन्द्रप्रसाद पौडेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा नेपालको अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को अधिवेशन राष्ट्रपतिले आह्वान गर्नुभएको जनाइएको छ ।

संसद् अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बिहीबार अपराह्न ३ बजे बस्ने छ ।

यस अघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिपक्षी मात्र नभई सत्तारुढ दलका सभासद्ले व्यवस्थापिका–संसद्को अधिवेशन आह्वानको माग गर्दै आएका थिए ।

केही दिन अघि सरकारले संसद् अधिवेशन आह्वान नगरी सहकारीलगायत केही अध्यादेश जारी गरेकामा त्यसको उनीहरूले आलोचना गरेका थिए ।

अधिवेशन विभिन्न विधेयकबाहेक गत शनिबारको भूकम्पबाट क्षतिवक्षत भौतिक संरचना, पुनःनिर्माण, विकास–निर्माण, राहत, पुनःस्थापनालगायत विषयमा केन्द्रित हुनेछ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च