बेलायती राजकुमार विलियम नेपालमा गएको महाभूकम्प प्रति चिन्ता व्यक्त गर्दै नेपाली दूतावासमा

१८ बैशाख २०७२, शुक्रबार २२:२२ मा प्रकाशित

चिरन शर्मा, लन्डन , १८ वैशाख । बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिज शुक्रबार विहान एक्कासी लण्डनस्थित नेपाली दूतावासमा पुग्नुभयो । अप्रत्यासित रुपमा विहान ९ बजे दूतावास भवन अगाडि देखापर्नुभएको राजकुमार विलियम्सले महाभूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोक पुस्तिककामा हस्ताक्षर गर्नुभएको बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

Prince W signएकजना सेक्रेटरी र क्यामराम्यानसहित पुग्नुभएका राजकुमार विलियम्सले झण्डै पाँच मिनेट दूतावासमा बिताउनुभएको थियो । दूतावासको विशेष हल बेल रुममा राजकुमारले दूतावास कर्मचारीसँग पाँच मिनेट छलफल गर्नुभएको थियो । छलफलका बेला दूतावास कर्मचारीले राजकुमार विलियम्सलाई चियाको अफर गरेका थिए । तर विलियम्सले आफू व्यस्त भएकाले चिया पिउन असमर्थ रहेको बताएका थिए । भूकम्प पीडित नेपालीप्रति महारानी एलिजावेद द्वितीयको समवेदना सन्देश लिएर आएको जवाफ दिनुभएको थियो ।

Prince wबेल रुमको पाँच मिनेट बसाइ अवधिमा गत शनिबार नेपालमा गएको भूकम्पले निम्त्याएको संकट र त्यसले पारेको प्रभावबारे राजकुमार विलियम्सले रुचिपूर्वक राजदूत क्षेत्रीको ब्रिफिङ सुन्नुभएको थियो । बेलायतले गर्नुपर्ने सहयोगका बारेमा पनि राजकुमार विलियम्सबाट राजदूत क्षेत्रीलाई सोधनी भएको थियो । दुई सय वर्ष लामो नेपाल–बेलायत कूटनीतिक सम्बन्धकै कारण प्राकृतिक विनासले नेपाल र नेपालीलाई पु¥याएको अपुरणीय क्षतिबारे बेलायती राजपरिवारले चासो लिएको प्रतिक्रिया कार्यवाहक राजदूत क्षेत्रीले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा