भूकम्प आउने हल्लाका पछाडि नलाग्न आग्रह

१७ बैशाख २०७२, बिहीबार २३:४३ मा प्रकाशित

काठमाडौँ, १८ वैशाख । भूकम्पविद्ले भूकम्प कहिले आउने विषयमा कसैले पूर्वानुमान गर्न नसक्ने र त्यसको कुनै वैज्ञानिक विधि समेत नभएकाले भूकम्प आउने हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् । प्रहरीले समेत त्यस्तो हल्ला फैलाउनको पछि नलाग्न र त्यस्ता हल्ला फैलाउने व्यक्ति बारे जानकारी गराउन भनेको छ ।

राष्टिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले शनिबार आएको ठूलो भूकम्प यता भूकम्पका पराकम्पनहरु दिनदिनै घटदै गएको बताए । जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको बेला हल्ला फैलाइनु पछाडि कसैको खेल हुनसक्ने बताए । आज बिहानदेखि अहिलेसम्म ४ र ५ रेक्टरका ३ वटा पराकम्पन आएको भन्दै उनले दिनदिनै पराकम्पनहरु घट्दै गएको स्थिति स्वभाविक एवं सकारात्मक भएको उल्लेख गरे । पराकम्पनहरु आइरहेकाले हामी सबैलाई सतर्क रहन चाहिँ आग्रह गर्छौ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह