महाभूकम्पमा परी मर्नेहरुको संख्या ५, ४८९ पुग्यो

१७ बैशाख २०७२, बिहीबार ११:०३ मा प्रकाशित

काठमाडौँ, १७ वैशाख । विनासकारी भूकम्पमा परी अहिलेसम्म देशभर पाँच हजार ४८९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म १० हजार ९६५ पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार ५८७, नुवाकोटमा ७०७, धादिङमा ५२७, गोरखामा ४०५, काभ्रेमा २७५ तथा काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको मृत्यु भएको छ ।भूकम्प प्रभावित विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यो सङ्ख्या धेरै बढ्ने अनुमान गरिएको छ ।

आज बिहान ९ बजेसम्म तीनवटा धक्का

यसैबीच आज बिहान ९ बजेसम्म भूकम्पका तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ः २२ मा धादिङ केन्द्र बिन्दर भएर ४।७ रेक्टर स्केल, ८ः३१ बजे रसुवा केन्द्रबिन्दु भएर ४।७ रेक्टर र ८ः४१ मा ३।९ रेक्टर स्केलको नुवाकोट केन्द्र बिन्दु भएर अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ