पुनर्स्थापना लागि ४१ करोड अमेरिकी डलर सहयोग आवश्यक: राष्ट्रसंघ

१६ बैशाख २०७२, बुधबार २२:२१ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । संयुक्त राष्ट्र संघले नेपालका भूकम्प प्रभावितलाई पुनर्स्थापनाका लागि साढे ४१ करोड अमेरिकी डलर सहयोगको आह्वान गरेको छ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा राष्ट्रसंघका नेपालका लागि आवासीय मानविय संयोजक जेमी म्याकगोल्डरिकले प्रभावितलाई बास, पानी र सरसफाई, स्वास्थ्य उपचार लगायतका कुरामा सरकारलाई सहयोग गर्न तीन महिनाको लागि सो रकम चाहिएको बताए। उनले राष्ट्रसंघीय आपतकालीन उद्धार कोषबाट १ करोड ५० लाख डलर सहयोग गरको पनि उल्लेख गरे। राष्ट्रसंघले सहयोग रकम प्रभावित ४२ लाख मानिसको आकस्मिक सेवा, स्वास्थ्य उपचार, पिउने पानी र सरसफाईमा खर्च गरिने बताएको छ।

त्यसैगरी सो रकमबाट प्रभावित दुर्गम क्षेत्रका १४ लाख बालबालिकासहित ७ लाख ५० हजार मानिसलाई खाद्यान्न उपलब्ध गराइने संयोजक म्याकगोल्डरिकले बताए। ‘यसबाट १४ लाख बालबालिका र ५ लाख २५ हजार महिला लाभान्वित हुनेछन्‘ उनले भने।

उनले खराब मौसम र सुरु हुन लागेको वर्षात् ऋतु पुर्नस्थापनामा मुख्य चुनौती रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति