राहत सामग्री नपाएपछि भूकम्प पीडितद्वारा प्रशासन र जिविसमा तोडफोड

१६ बैशाख २०७२, बुधबार १५:११ मा प्रकाशित

चरीकोट (दोलखा), १६ वैशाख । भूकम्पपीडितहरुले राहत सामग्री नपाएपछि अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा विरोध प्रदर्शन गर्दै तोडफोड गरिरहेका छन् ।भूकम्प आएको चार दिन बितिसक्दा पनि त्रिपाल, खानेपानी, खाद्यान्न सामग्री नपाएको भन्दै पीडितहरुले प्रशासन र जिविसमा तोडफोड गरेका हुन् ।

विरोध प्रदर्शन र नाराबाजी गर्दै पीडितहरुले प्रशासन कार्यालयमा पसेर टेबुल, कुर्सी निकाली बाहिर ल्याइ जलाएका छन् । पीडितले लामाबगरमा अलपत्र परेका यार्सागुम्बा सङ्कलकहरुको उद्धार गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् ।

सयौँको सङ्ख्यामा प्रशासन र जिविस कार्यालय पुगेका पीडितले राहत सामग्री नपाएको भन्दै बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन् । प्रशासनले अहिलेसम्म राहतका कुनै पनि सामग्री बाँड्न सकेको छैन । गाउँगाउँबाट पीडितहरु सामग्री लिन प्रशासन कार्यालय आउने क्रम बढेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले राहत सामग्री जिल्लामा उपलब्ध हुन नसकेका कारण पीडितलाई वितरण गर्न नसकिएको बताए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च