महाभूकम्पमा मर्नेहरुको संख्या ५०२६ पुग्यो

१६ बैशाख २०७२, बुधबार १४:३९ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । शनिबार गएको महाभूकम्पमा परी मर्नेहरुको संख्या ५०२६ नाघेको गृह मन्त्रालयले जनाएको छ। यस्तै घाइतेको संख्या १० हजार २ सय ६० पुगेको छ।

पत्यकाको काठमाडौंमा १०३४, भक्तपुरमा २५६ र ललितपुरमा १६८ जनाको ज्यान गुमेको छ भने काठमाडौंमा २४००, भक्तपुरमा १८८६ र ललितपुरमा १०९० जना घाइते भएका छन् ।

यसैगरी पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा ३१०२, पश्चिम क्षेत्रमा ४१३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गुमेको छ भने पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा ३४८४, पश्चिम क्षेत्रमा ११३० र मध्य पश्चिम क्षेत्रमा २१ जना घाइते भएका छन् ।

काठमाडौंमा ९, सोलुखुम्बुमा ७, मकवानपुरमा १ जना गरी १७ जना पर्यटकको पनि ज्यान गुमाएको छ । २२ जना पर्यटक घाइते भएका छन् ।

काठमाडौंमा ९५२, भक्तपुरमा २५०, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा २९८८, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी ४६०९ को शव आफन्तलाई बुझाइएको छ ।

भुकम्पबाट भएको मानवीय क्षति विवरण
उपत्यका मृतक १४४८ घाईते ५३७६
काठमाडौ १०३९
ललितपुर – १६८
भक्तपुर – २५१
पूर्व क्षेत्र मृतक ५१ घाईते २५८
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक ३०९८ घाईते ३७७५
रामेछाप २४
सिन्धुपाल्चोक १३७६
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ६३८
धादिङ ३६९
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २७३
पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३०
गोरखा ३९१
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना