वर्तमान अवस्थामा निर्वाचन हुन नसक्ने एमाले नेता नेपालको भनाइ

३२ जेष्ठ २०६९, बिहीबार १७:३७ मा प्रकाशित

रौतहट, ३२ जेठ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरिम संविधान संसोधन नगरी वर्तमान अवस्थामा निर्वाचन हुन नसक्ने बताउनु भएको छ । एकिकृत नेकपा माओवादी र मधेशी मोर्चाको कुर्सी मोहका कारण मुलुकमा गम्भिर संकट आएको आरोप पनि उहाँले लगाउनुभयो । रौतहटको हजमिनिया गाविसमा रहेको रामनरेश लक्ष्मण माविमा आज आयोजित दलित तथा मुस्लिम छात्राहरुलाई साईकल वितरण कार्यक्रममा नेता नेपालले एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री बाबुराम भट्राईको षडयन्त्रका कारण नै संविधान सभा असफल भएको आरोप लगाउनुभयो । रौतहटको क्षेत्र नम्बर १ का विभिन्न चार विद्यालयहरुमा नेता नेपालले आज आफ्नो संसदिय विकास कोष बाट १७ थान साइकल वितरण गर्नुभएको हो । दलित तथा मुश्लिम समुदायका बालिकाहरु विद्यालयप्रति आकर्षित होस भन्ने उद्देश्यले साइकल वितरण गरेको नेता नेपालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे