प्रचण्डको ७ बुँदे प्रस्तावमा बैद्य पक्षको ६ बुँदे जवाफ

३२ जेष्ठ २०६९, बिहीबार १६:२३ मा प्रकाशित

काठमाडौ, ३२ जेठ । पार्टी एकताकोलागी भन्दै अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ७ बुँदे प्रस्तावको ६ बुँदे जवाफ फर्काउँदै बैद्य समूहले माग पुरा नभए भोलीबाट सुरु हुने राष्ट्रिय भेलाले नयाँ पार्टी जन्माउने चेतावनी दिएको छ ।
बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापा बादले हस्ताक्षर गरेको ६ बुँदे जवाफ सो समूहका नेता हरिभक्त कडेल र दिनेश शर्माले आज अपरान्ह अध्यक्ष प्रचण्डलाई निवासमै गएर बुझाएका थिए ।
पार्टीलाई एकताबद्ध पार्ने आधार र उपायका ६ बुँदा बुझाए पछि उनीहरुले प्रचण्डको प्रस्ताव छलछाम गर्ने र आफ्नो कमजोरी लुकाउने प्रबृद्धिबाट आएको भन्दै आफूहरुको जवाफ सम्बोधन नभए नयाँ पार्टी खुल्ने चेतावनी दिए ।
उनीहरुले बुझाएको जवाफमा पार्टीको मुल कार्यदिशमा माक्र्सबाद, लेनिनबाद र माओवाद स्पष्ट प्रतिबद्धता हुनु पर्ने , पार्टीको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने कार्यनीति रहेकोमा सरकार गठन सम्बन्धमा मधेसी मोर्चासँग भएको सहमतिमा लोकतान्त्रिक गणतान्त्रिक संविधान भनेर उल्लेख भएको त्यो गल्ती भएको स्विकार्नु पर्ने र त्यसलाई सच्याउनु पर्ने उल्लेख छ ।
त्यसैगरी पालुङटारको बैठकले तय गरेको प्रधान अन्तर विरोध  प्रधान बन्ने र सर्वसहमतिको सरकार बनाउने कुरामा चार बुँदे सहमति गरेर बहुमतको सरकार बनाएको र सरकारको रक्षाकोलागी संविधानसभाको बलिदान दिएको कुरामा स्पष्ट पार्नु पर्ने त्यस्तै शान्ति र संविधान एकै साथ बढाउनु पर्नेमा शिविरमा सेना परिचानलन गरेर जनुमक्ति सेना बिघठन गराएको विषयलाई पनि एकताको आधारको रुपमा प्रस्तुत गरिएको छ ।
त्यसरीनै सहमति उल्टाएर जनताको संविधान नबनाएको आरोप लगाउँदै त्यस विषयमा अध्यक्षले लिखित कमजोरी भएको भन्दै आत्मालोचना गर्नु पर्ने आवश्यकता भएकोले आत्मालोचना सहित गल्तीको पुनरावलोकन नभए मेला बाट नयाँ पार्टी जन्मने चेतावनी पनि जवाफमा दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार