अन्तर्राष्ट्रिय सैनिकको खोजी तथा उद्धार कार्य सुरु

१५ बैशाख २०७२, मंगलवार २१:१५ मा प्रकाशित

काठमाडौ , १५ वैशाख । अन्तर्राष्ट्रिय सैनिक सहितको उद्धार टोलीले आफ्नो खोजी तथा उद्धार कार्य सुरु गरेको छ । यसै गरी अमेरिकी सरकारको फेयर फ्याक्स काउन्टी अन्तर्गतको खोजी तथा उद्धार कार्य दल आइपुग्ने क्रममा रहेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार भारत, चीन लगायतका विभिन्न राष्ट्रबाट भूकम्पमा परेका मानिसको खोजी, उद्धार तथा उपचारका लागि आएका सैनिक सहयोग जारि रहेको छ ।

Israel to Nepalअन्तर्राष्ट्रिय सैनिक सहयोग बिबरण:
१. भारत
संख्या– १८०
तैनाथ स्थल– बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला, धरहरा
परिणाम– बाइसधाराबाट २ वटा शब निकालेको
२. श्रीलंका
संख्या– १३
तैनाथ स्थल– बालाजु
परिणाम– १ युवकको जिवित उद्दार
३. चीन (सर्च एन्ड रेस्क्यु टिम)
संख्या– बालाजुमा ६७ जना, डल्लु, काठमाडौं स्क्वायर र कपनमा ५० जना
४. टर्की
संख्या– ७९
तैनाथ स्थल– करदाता कार्यालय, बालुवाटार, ग्रीनल्याण्ड होटल, महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल, काभ्रेपलाञ्चोक
५. नेदरल्याण्ड
संख्या– १ (८ वटा स्नीफर डग सहित)
तैनाथ स्थल– नमुना टोल, धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, बजेट होटल, ठमेल
६. पोल्याण्ड
संख्या– ८१ (फायर फाइटिङ टिमसहित १२ कुकुर र १२ टन उद्दार सामग्रीसहित)
तैनाथ स्थल– गरुडकुण्ड, कमलविनायक
७. जर्मनी
तैनाथ स्थल– बिसिजी हल, सुन्दरीजल
८. बेलायत
तैनाथ स्थल– सिन्धुपाल्चोक जिल्ला
९. फ्रान्स
संख्या– १०
तैनाथ स्थल– कालिमाटी
१०. इजरायल
संख्या– ८०
तैनाथ स्थल– गोंगबु
११. जाइका
संख्या– ७६
तैनाथ स्थल– हनुमानढोका
१२. मलेसिया
संख्या– ४७
तैनाथ स्थल– हनुमानढोका

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न