
काठमाडौ, १५ वैशाख । शनिबारको महाभूकम्पमा ज्यान गुमाउनेहरुको संख्या शनिबार गएको विनाशकारी भूकम्पबाट हालसम्म मुलुकभर ४ हजार ३ सय ४७ जनाको मृत्यु पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार हालसम्म ८ हजार १ सय ५४ जना घाइते भएका छन् । उद्धार तथा खोजी कार्य जारी नै रहेकाले मर्नेहरुको संख्या थपिन सक्ने सम्भावना छ । सबैभन्दा बढी क्षति काठमाडौं उपत्यका र सिन्धुपाल्चोकमा भएको छ । उपत्यकाका तीन जिल्लामा १ हजार ४ सय ४० र सिन्धुपाल्चोकमा १ हजार १ सय ७६ जनाको निधन भएको छ ।
प्रहरीको पछिल्लो तथ्यांक अनुसार कुन जिल्लामा कतिको निधन भयो:
भुकम्पबाट मृतकको संख्या (४३४७ ), घाइते (८१५४) :
उपत्यका : मृतक: १४४०, घाइते: ४९०३
काठमाण्डौ – १०३९
ललितपुर – १५८
भक्तपुर -२४३
पूर्व क्षेत्र : मृतक ५२, घाइते: २१२
भोजपुर -२
सुनसरी- ७
सोलु – २२
ओखलढुङगा – १७
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २५८९, घाइते: २६९८
दोलखा -५०
रामेछाप – २४
सिन्धुली – ९
धनुषा- १
सर्लाही -१
नुवाकोट - ४७८
धादिङ – ३०३
काभ्रे -२४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर -३३
चितवन -६
बारा – ५
पर्सा – ४
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२६४, घाइते: ३२१
गोरखा -२५६
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १
प्रतिक्रिया
सम्बन्धित खवर
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से
काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई