२४ घण्टा भारी वर्षा हुने अनुमान, आइतबार गएको भूकम्पको दोस्रो धक्काले जनजीवन प्रभावित

१४ बैशाख २०७२, सोमबार १०:४५ मा प्रकाशित

काठमाडौ, १४ वैशाख । शनिबार गएको शक्तिशाली भूकम्पको त्राशदी र क्षतिले मर्माहत बनेको उपत्यका र आसपासका जिल्लाबाशीहरु आइतबार ६ दशमलव ९ रेक्टर स्केलको दोस्रो ठूलो भूकम्पको धक्का गएलगत्तै थप त्रशित बनेका छन् । यसै बीच भारतीय मौसमविद्हरुले नेपाल र भारतका केहि भागमा २४ घण्टासम्म भारी वर्षा हुने अनुमान गरेका छन् । आइतबार रातभर परेको छिटपुट बर्षाले सडक र खुल्ला चौरमा बास बिताउन बाध्य भूकम्प पिडितहरुको उद्धारमा समेत कठिनाइ हुने अनुमान गरिएको छ । आइतबार दिउँसो १२:५६ बजे सिन्धुपाल्चोक केन्द्र भएर गएको दोस्रो ठुलो भूकम्पको धक्का पछि जनजीवन थप त्रसित बनेको छ । मंगलबार साँझबाट सुरु हुने अनुमान गरिएको वर्षा सघन हुँदै २४ घण्टासम्म जारी रहने भारतीय मौसम तथा जलवायु अनुमान विभागले जनाएको छ । भारतीय मौसम तथा जलवायु अनुमान विभागले जनाए अनुसार वर्षा देशभरि नै हुने छ । वर्षालगत्तै भूकम्पले प्रभावित पहाडी भूभागमा पहिरोसमेत जान सक्ने भएकाले सावधानी अपनाउन समेत भारतीय मौसमविद्ले नेपाललाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले