विनासकारी भुकम्पमा मर्नेको संख्या ३२०० पुग्यो, उद्धार टोलि काठमाडौँ आइपुग्ने क्रम जारी

१४ बैशाख २०७२, सोमबार ०८:५६ मा प्रकाशित

काठमाडौँ, १४ बैसाख । शनिबारदेखि आइरहेको विनासकारी भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३२०० पुगेको गृहमन्त्रालयले जनाएको छ । राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले जनाएको छ । आइतबार सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पले समेत ठुलो क्षति पुर्याएको गृहमन्त्रालयले जनाएको छ । उता सगरमाथा आधार शिविरमा गएको हिम पहिरोमा परि मर्नेहरुको संख्या बढेको छ भने आधार शिविरमा अलपत्र परेका पर्यटक र आरोहीहरुको प्रतिकुल मौसमका कारण उद्धार हुन सकेको छैन । राष्ट्र संघिय प्रबक्ता ओरला फागनले नेपाल तर्फ लाग्नु अघि दिएको जानकारी अनुसार औसधोउपचार सहितको १५ अन्तराष्ट्रिय समूह र उद्धारटोली सोमबार नेपाल पुगी उद्धार र औसधोपचारको प्राथमिक कार्य सुरु गरि सक्नेछ । यस अघि मित्र राष्ट्र भारतको उद्धार टोलीले काम सुरु गरिसकेको छ भने अमेरिकी, चिनिया र क्यानडाको उद्धार टोलीले मंगलबारबाट उद्धार कार्य सुरु गर्ने जनाइएको छ । पेन्टागनले दिएको जानकारी अनुसार अमेरिकी उद्धार टोलि शनिया बन्दोबस्ती सहित नेपाल तर्फ विशेष बिमान सहित लागि सकेको छ । यसै गरि सरकारले समेत हेलिकोप्टर मार्फत प्रभावित क्षेत्रमा उद्धार सुरु गरि सकेको छ भने राजधानीमा १५ केन्द्र स्थापना गरि राहत कार्य सुरु गरेको छ । यसै गरि गैर आवशीय नेपालीहरुको सहयोग टोलि सहयोग राशि सहित नेपाल जाने क्रम समेत सुरु भएको छ । टेक्सासका नेपलीहरुको समूह औसधि उपचार सामग्री सहित मंगलबार नेपाल आउने भएको छ भने अमेरिका र नेपालका चिकित्षकहरुको समूह समेत नेपाल आउने तयारीमा रहेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन