विवाद समाधानकोलागी नेपाली काङ्ग्रेस आन्तरिक छलफलमा

३२ जेष्ठ २०६९, बिहीबार १२:५७ मा प्रकाशित

काठमाडौ, ३२ जेठ ।  पार्टीभित्रको ९ महिनादेखिको विवाद मिलाउने प्रयासस्वरुप नेपाली काङ्ग्रेसले आन्तरिक छलफललाई तीब्रता दिएको छ । आफ्ना मागहरु पूरा नभएकोभन्दै बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले केन्द्रीय समितिको बैठक लगातार बहिष्कार गरेपछि सभापति सुशील कोइरालाले देउवा समूहको माग सम्बोधन गर्ने बारेमा आफू निकटका नेताहरुसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गरिरहनु उहाँको निजी सचिवालयले जनाएको छ । पार्टीको भ्रातृ संस्थाहरूको विषयमा जारी विवाद मिलाउन आज दिनभर छलफल गर्नको लागि केन्द्रीय समितिको बैठक भोलिसम्मको लागि स्थगित गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरीमा सभापति कोइरालाले आफू निकटका नेताहरुसँग छलफल गर्नुहुनेछ भने महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको वार्ता टोलीले असन्तुष्ट देउवा समूहसँग छुट्टै छलफल गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा