शनिबार गएको भूकम्पमा मर्नेको संख्या २५ सयभन्दा बढी

१३ बैशाख २०७२, आईतवार २१:१२ मा प्रकाशित

काठमाडौं, १३ वैशाख । शनिबारको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २५ सयभन्दा बढी पुगेको छ ।

गृह मन्त्रालयले आइतबार साँझ दिएको जानकारी अनुसार काठमाडौंमा ७७७, भक्तपुरमा २२४, ललितपुरमा १५१ को मृत्यु भएको छ ।

यसैगरी पूर्वाञ्चलमा ५०, मध्यमाञ्चलमा १०१७, पश्चिमाञ्चलमा २०९ र मध्यपश्चिममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पबाट विशेषगरी काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, दोलखा, धादिङ, गोरखा लगायतका जिल्ला प्रभावित छन् ।

महाभूकम्पमा देशका विभिन्न स्थानमा ५ हजार ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शनिबार नेपालका विभन्न स्थानलाई केन्द्र बनाई शक्तिशाली भूकम्प जाँदा ऐतिहासिक संरचनासहित ठूलो मानवीय र भौतिक क्षति भएको थियो  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री