नयाँ रणनीत बनाउन माओवादीको वैद्य समूह आन्तरिक छलफलमा

३२ जेष्ठ २०६९, बिहीबार १२:५२ मा प्रकाशित


काठमाडौ, ३२ जेठ । एकीकृत माओवादी संस्थापन पक्षले गरेको पार्टी एकताको प्रस्तावलाई असन्तुष्ट वैद्य समूहले अस्वीकार गरेपछिको अबको रणनीतिको बारेमा छलफल गर्न वैद्य समूहको बैठक बसिरहेको छ ।  राजधानीमा जारी बैठकमा अवको आफूपक्षको विचार समूहको योजनाको बारेमा छलफल भइरहेको माओवादी सचिव सीपी गजुरेलले जानकारी दिनुभयो । सचिव गजुरेलका अनुसार अध्यक्ष प्रचण्डको ७ बुँदे प्रस्तावमा कुनै नयाँ कुरा नभएकोले तत्कालको पार्टी एकताको प्रस्ताव अस्वीकार गर्नुपरेको हो । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको लागिभन्दै हिजो ७ बुँदे लिखित प्रस्ताव वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई बुझाउनुभएको थियो । पार्टी एकता तथा पार्टी सिद्वान्तको बारेमा छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिदै गजुरेलले भोलिका लागि बोलाइएको असन्तुष्ट विचार समूहको भेलाले पार्टी फुट्ने वा जुट्ने भन्ने कुराका निक्र्यौल गर्ने बताउनुभयो । आजको बैठकमा भोलिको राष्ट्रिय कार्यकर्ता भेलालाई ब्यबस्थित बनाउने बारेमा पनि छलफल भइरहेको गजुरेलले जानकारी दिनुभयो । भोलिको भेलामा १२ सयभन्दा बढि कार्यकर्ता सहभागी हुने बताइएकोे छ ।
यसैबीच पार्टी एकताको प्रयासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि वैद्य समूहसँग छलफल गर्नुहुने भएको छ । अपरान्ह हुने छलफलमा पार्टी एकताको बारेमा कुराकानी हुने प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले वैद्य समूहले शङ्का गरेको लिखित बुँदाको बारेमा स्पष्ट पार्ने र विश्वास दिलाउने प्रयास गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई