युरोपेली युनियन र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

३२ जेष्ठ २०६९, बिहीबार १२:४१ मा प्रकाशित

काठमाडौ, ३२ जेठ । युरोपेली युनियनमा आवद्व बिभिन्न देशका राजदूतहरुले संविधान जारी नगर्दै संविधानसभा विघटन भएको बारेमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिमपाटमा आज विहान भएको भेटमा राजदूतहरुले संविधानसभाको विघटन, सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचन तथा दलहरुबीचको बढ्दो दुरीका बारेमा जिज्ञासा राखेका थिए । राजदूतहरुको जिज्ञासामा माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको विघटनपछि दलहरुबीच दूरी बढेको भए पनि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर समस्या समाधान गर्ने तयारी भएको बताउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ । दलहरुको सहमतिमै संविधान लेखन तथा उत्पन्न संवैधानिक जटिलताले निकास पाउने प्रचण्डले राजदूतहरुलाई विश्वास दिलाउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।