काठमाडौँमा ७.९ रेक्टर स्केलको शक्तिशाली भुकम्प, ढल्यो धरहरा, दर्जनौको मृत्यू भएको प्रारम्भिक रिपोर्ट

१२ बैशाख २०७२, शनिबार १३:४१ मा प्रकाशित

काठमाडौ, १२ वैशाख । शनिवार मध्यान्ह काठमाडौँ आसपासको क्षेत्रमा ७. रेक्टर स्केलको शक्तिशाली भुकम्प ‍गएको छ । झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले धक्काले राजधानीमा ठूलो क्षति पुगेको छ । राजधानीको जनजीवन त्रस्त देखिएको छ । प्राप्त प्रारम्भिक समाचार अनुसार भूकम्पमा परी गोरखामा १४ जना, नुवाकोटमा ६ जना, भक्तपुरमा ५ जना सुनसरीमा २ जना र मकवानपुरमा ३ जनाको मृत्यु भएको छ । ठुलो संख्यामा जन धनको क्षति भएको अनुमान छ । दर्जनौको मृत्यू भएको प्रारम्भिक अनुमान छ । सुन्धारास्थित धरहरा ढलेको छ । बिद्युत र टेलिफोन सेवा अबरुद्ध बनेको छ । देशभर माटोले बनेका घरहरु भत्किएका छन् । बाटोहरु चर्किएका र धाजा परेका छन् । सडकमा चलिरहेका सवारी साधनहरु बिच बाटोमै पल्टिएका र अबरुद्ध छन् । सरकारले उद्धारको लागि सेना र प्रहरी परिचालन गरेको छ । देशभर भुकम्पको प्रभाव परेको छ भने मित्र राष्ट्र भारतमा समेत भुकम्पको धक्का महसुस गरिएको छ ।

Dharhara 2राजधानी काठमाडौका बासिन्दा सडकमा ओर्लिएका छन् । त्रास र कोलाहालले जनजीवन आतंकित बनेको छ । राजधानीका बासिन्दाहरु खुला र सुरक्षित गन्तव्यको लागि खुल्ला चौर र खुल्ला मंच तर्फ दौडिरहेका छन् ।भूकम्प अन्दाजी स्थानिय समय अनुसार मध्यान्ह १२: आस पासको समयमा गएको थियो । भुकम्पले पुर्याएको जन धनको क्षति बारे अहिले सम्म कुनै बिबरण प्राप्त हुन सकेको छैन । भूकम्पको केन्द्र राजधानी काठमाडौ देखि उत्तर पश्चिम लमजुंग केन्द्र रहेको युरोपियन भुगर्व केन्द्रले जनाएको छ ।
Kathmanduक्षतिको विवरण आउन बाँकि छ ..।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको