काठमाडौलाई मुख्य धक्का दिने ७.५ रेक्टोस्केलको शक्तिशाली भूकम्प, राजधानीमा भाग दौड

१२ बैशाख २०७२, शनिबार १२:४६ मा प्रकाशित

काठमाडौ, १२ वैशाख । करिव ३० सेकेन्डको अन्तरमा राजधानी काठमाडौलाई मुख्य धक्का दिने ७.५ रेक्टोस्केलको शक्तिशाली भूकम्प गएको छ । देशभर भुकम्पको प्रभाव परेको छ भने मित्र राष्ट्र भारतमा समेत भुकम्पको धक्का महसुस गरिएको छ । राजधानी काठमाडौका बासिन्दा सडकमा ओर्लिएका छन् । त्रास र कोलाहालले जनजीवन आतंकित बनेको छ । राजधानीका बासिन्दाहरु खुला र सुरक्षित गन्तव्यको लागि खुल्ला चौर र खुल्ला मंच तर्फ दौडिरहेका छन् ।भूकम्प अन्दाजी स्थानिय समय अनुसार मध्यान्ह १२: ३० बजे गएको थियो । भुकम्पले पुर्याएको जन धनको क्षति बारे अहिले सम्म कुनै बिबरण प्राप्त हुन सकेको छैन । भूकम्पको केन्द्र राजधानी काठमाडौ देखि उत्तर पश्चिम रहेको युरोपियन भुगर्व केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।