राष्ट्रपति र पूर्वप्रधानमन्त्री नेपालबीच छलफल

३२ जेष्ठ २०६९, बिहीबार १२:४० मा प्रकाशित

काठमाडौ, ३२ जेठ । राष्ट्रपति डा रामबरण यादब र पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आज छलफल भएको छ । राष्ट्रपतिभवन शीतल निवासमा आज विहान भएको भेटमा पूर्वप्रधानमन्त्री नेपालले स्वदेशी तथा विदेशी दबाबका भरमा राष्ट्रिय सहमतिबिना संविधान संरक्षकका नाताले राष्ट्रपतिले कुनै निर्णय लिनु नहुने सुझाव आफूले राखेको जानकारी गराउनुभयो । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तालिप्सामा नलागी आफूले दिएको बचन पूरा गर्नुपर्नेमा जोड दिदै नेता नेपालले राष्ट्रिय सहमतिका लागि काङ्ग्रेस र एमालेले चाँडै एकीकृत माओवादी सहितको प्रमुख दलको बैठक बोलाउने तयारी भएको जानकारी दिनुभयो । संविधानसभाको विघटन, सरकारले अध्यादेशमार्फत ल्याउने भनिएको बजेट तथा दलहरुबीचको छलफलको बारेमा नेता नेपाल र राष्ट्रपतिबीच कुराकानी भएको थियो । अहिलेको सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको र प्रमाणिकरण गर्न दबाब आएकोले दलहरुसँगको छलफलको आधारमा मात्र निर्णय लिन आग्रह गरेको नेपालको भनाइ थियो । जवाफमा राष्ट्रपति यादबले दलहरु मिलेर जानुको विकल्प नरहेको र त्यसै अनुसार आफूले आग्रह गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा