असारमा मोडल हन्ट नेपाल

११ बैशाख २०७२, शुक्रबार २३:४४ मा प्रकाशित

काठमाडौ । इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ अब नेपालमा पनि आयोजना गरिने भएको छ । नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ ।
बिहिबार एक बिज्ञप्तिी जारी गर्दै आयोजक नेक्ष्ट मोडलस्ले प्रतियोगीताको बारेमा जानकारी दिएको हो । असारमा फाइनल हुने प्रतियोगीताका लागी आयोजनले आवेदन समेत खुल्ला गरेको छ ।
नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्याउनले धमलाले बताए ।
10589860_396081543905591_1114546341_n (1)१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवा युवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । देशका प्रमुख शहर काठमाडौ ,पोखर, बिराटनगर, चितवन, धरान लगायतका स्थानबाट बैशाखको तेस्रो साताबाट पहिलो चरणको अडिसन हुनेछ ।
पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा उनिहरलाई अन्तराष्ट्रिय रनवे ,ब्यक्तित्व बिकाश, आर.जे भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज फकमेन्स लगायत बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइने छ ।
प्रतियोगिताको आवेदन फारम बिहिबारबाटै वितरण्ँ सुरु गरिएको छ । सहभागि हुन चाहनेले फर्म तथा अन्य जानकारी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगरमा पाउन सक्नेछन् ।
प्रतियोगीतामा शिर्ष सहित आधादर्ज उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा दगद १ लाख रुपैया, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर ,केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय