दर्शन रौनियारसंग कनेक्टीकटमा साक्षात्कार सम्पन्न

३२ जेष्ठ २०६९, बिहीबार ०४:३७ मा प्रकाशित

घनश्याम खड्का, कनेक्टीक,अमेरिका । दर्शन रौनियार वासिङ्गटन स्टेट, सियाटलको क्षेत्र १ को कांग्रेसनल डिष्ट्रिक्टबाट अमेरिकी संसदको पदमा हुने निर्वाचनको उम्मेद्ववार हुनुहुन्छ । अमेरिकी राजनैतिक संस्कृति र व्यवहारबाट नीति र कार्यक्रम मार्फत जनजीवनमा सुधार आउने कुरा प्रति आम नागरिकको चासो हुने गर्दछ । अमेरीकामा आउने आम नेपालीले अमेरीकाको राजनीति र त्यहाँको संसद (कांग्रेस) सम्म पुग्ने सपना सायद देख्दैनन् । तर श्री रौनियारको उम्मेद्ववारीले अमेरीकामा बस्ने आम नेपालीहरुको मनोबल उच्च भएको मात्र नभई साझा प्रतिनिधित्व र एकताको प्रतिक स्थापना भएको छ । श्री दर्शन रौनियार एकजना त्यस्ता नेपाली हुन जसको योग्यता, क्षमता, विचार र दक्षतालाई आदीवासी अमेरिकी समेतले कदर गरेका छन् । जिवन, स्वतन्त्रता र सबैका लागि खुशी प्राप्ती भन्ने मुलमन्त्रका साथ पूर्वजहरुले सुरु गरेको अमेरिका निर्माणको अभियानमा अझैपनि धेरै कामहरु यो पुस्ताले आफ्नो र भावीपुस्ताका लागि गर्नुपर्नेछ ।

विविधतामा एकता र बहुसांस्कृतिक रहनसहनको धनी देश संयुक्त राज्य अमेरीकामा नेपालीहरुको आप्रवासनको ईतिहाँस लामो नहोला तर नेपाली संस्कृति, रहनसहन तथा चालचलन अमेरीका भित्रको नेपाली समुदायमा बेजोडरुपमा स्थापित छ । मर्यादित काम र सम्मानजनक बेतन, सुरक्षित कार्यस्थल, स्वास्थ्य बीमा, बेरोजगार बीमा, पर्याप्त रोजगारी अवसर निर्माणमा हामी सम्पूर्णको साझा चासो छ । हाम्रा सरोकारहरुलाई अब हामीले गफमा मात्रै सिमित गर्ने र हल्लाको खेतीमा रम्नुको सट्टा आउँ हामी सबै एक पटक कम्मर कसेर अमेरिकी संसदमा पाईला टेकौ ! नीति निर्माणमा हाम्रो प्रतिनिधित्व र उपस्थितिलाई सुनिश्चित गरौं !! भन्ने अभियानलाई ब्यवहारमा उतार्न गठित दर्शन रौनियार फण्डराईजिङ्घ कमिटी अफ कनेक्टीकट को आयोजनामा चुनावी अभियान स्वरुप श्री दर्शन रौनियारको निर्वाचित गराउने स्थितिलाई मजबुत गराउने प्रयत्न गर्दैं नैतिक एवं आर्थिक सहयोग गर्न जुन १०, २०१२ आईतवारका दिन हार्टफोर्ड कनेक्टीकटमा साक्षात्कार कार्यक्रम सम्पन्न भयो ।

करिब २०० जना नेपालीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त साक्षात्कार कार्यक्रमको आयोजना, स्वस्फुर्त प्रतिवद्ध, उत्साहित र लगनशील व्यक्तिहरुको समुह रहेको “दर्शन रौनियार फण्डराईजिङ्घ कमिटी अफ कनेक्टीकट” ले अयोजना गरेको हो । श्री दर्शन रौनियारसंग साक्षातकार एवं निर्वाचन सम्बन्धमा विचार विमर्ष सहित सार्वजनिक भेलामा सहभागीहरुले छलफल गरे । समितिको यस प्रयासबाट श्री रौनियारलाई थप उर्जा प्राप्त भएको, छ थप हौसला मिलेको छ । मातृभूमिबाट टाढा कर्मभूमिमा हामा्रे एकताले नै हामीलाई प्रगति, उन्नती एवं साझा हित तर्फ उन्मुख गराउँछ ।

श्री दर्शन रौनियारका आगामी योजना, कार्यक्रम र घोषणाहरुको सार्वजनिकीकरणमा सहभागी हुँदै आफ्ना चासो र सरोकारहरुलाई प्रस्तुत गरिदिनुका साथै आर्थिक सहायता समेत उपलब्ध गराउनु भएकोमा श्री रौनियारले सबैलाई धन्यबाद दिनु भएको थियो । कनेन्टीकटको यस अभियानमा उक्त दिन US $4027 (Four Thousand and Twenty Seven only) बराबर रकम प्राप्त भएको र उक्त रकम श्री दर्शनरौनियारलाई हस्तान्त्रण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न