एसएलसीको नतिजा प्रकाशन, अघिल्लो वर्ष भन्दा ७ प्रतिसत कम उतिर्ण, साउन १७ मा पुरक परिक्षा

३१ जेष्ठ २०६९, बुधबार १८:०१ मा प्रकाशित

काठमाडौ, ३१ जेठ । यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार यसपटक ४७ दशमलव १६ प्रतिशत उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत वर्ष ५५ दशमलव ५ प्रतिशत उत्तिर्ण भएकोमा यसवर्ष करिब ७ प्रतिशत कम विद्यार्थी उत्तिर्ण भएका हुन् । यसपटक एक्जाम्टेडर्फ १३ दशमलव ७० प्रतिशत उत्तिर्ण भएका छन् । नतिजाअनुसार विशिष्ट श्रेणीमा १७ हजार ७६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोश्रो श्रेणीमा ९३ हजार ८३० र तेश्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन् । यसवर्षको परीक्षामा नियमिततर्फ ४ लाख ४५ हजार ९७४ र एक्जाम्टेडतर्फ ८२ हजार २८३ गरी जम्मा ५ लाख २८ हजार २५७ सहभागी थिए । एसएलसीको परीक्षाको परीक्षाफल www.moe.gov.np, www.doe.gov.np,  /, www.slc.ntc.net.np,, मा हेर्न सकिने जनाइएको छ भने जन्ममिति राखेर slcresult.soce.gov. मार्फत पनि नतिजा हेर्न सकिने जनाइएको छ । त्यस्तै एसएमएसमार्फत एसएलसी टाइप गरेर ८०८० मा पठाउनुपर्छ भने टेलिफोनमार्फत १६०० मा डायल गरेर प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्