रियाल मड्रिड र युभेन्टस युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा

१० बैशाख २०७२, बिहीबार ११:४४ मा प्रकाशित

काठमाडौं, बैशाख १० । स्पेनको रियाल मड्रिड र ईटालीको युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराती आफ्नै मैदानमा भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा रियाल मड्रिडले आफ्नै शहरको प्रतिद्धन्दी एथ्लेटिको मड्रिडलाई १-० ले हरायो ।
खेलमा रियाललाई विजयी गराउन हेभियर हर्नान्डेजले निर्णायक गोल गरे । यसअघि एथ्लेटिको मड्रिडको मैदानमा सम्पन्न पहिलो लेगको खेल गोलरिहत बराबरीमा सकिएको थियो ।
गएराती भएको अर्को खेलमा इटालीको युभेन्टसले फ्रान्सको मोनाकोसँग गोलरहित बराबरी खेलेको छ ।
मोनाकोको मैदानमा सम्पन्न दोस्रो लेगको खेल बराबरीमा सकिएपछि युभेन्टस समग्रमा १-० ले विजयी भएको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगको खेल युभेन्टसले १-० ले जितेको थियो ।
गएरातीका खेलहरुसँगै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । यसअघिका क्वाटरफाइनल खेलहरु जित्दै स्पेनिस जायन्ट बार्सीलोना र जर्मनीको बायर्न म्युनिख सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा

मड्रिड । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले