बैद्य समक्ष प्रचण्डको ७ बुँदे सहमतिको प्रस्ताव प्रस्तुत, बैद्य पक्ष असन्तुष्ठ

३१ जेष्ठ २०६९, बुधबार १६:४५ मा प्रकाशित


काठमाडौ, ३१ जेठ । लामो समयदेखि पार्टी भित्र रहँदै आएको अन्र्तद्धन्द्ध अन्त्य गर्दै पार्टीलाई एक बनाउने विषयमा आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात बुँदे सहमतिको प्रस्ताव बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समक्ष प्रस्तुत गरेका छन् ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा प्रचण्डले पार्टी एकताकोलागी ७ बुँदे सहमतिको दस्तावेज प्रस्तुत गरेका छन । प्रचण्डको प्रस्तावमा विप्पा सम्झौता पुर्नविचारकोलागी छलफल गर्ने, विगतका  भएका कमि कमजोरी समिक्षा गर्ने, असहमतिको बुँदाहरुलाई लिखित तयार पार्ने, पार्टीको मार्गदर्शन सिद्धान्त नयाँ जवादी क्रान्ति हुने , तत्कालिन राजनीतिक परिस्थितिको समिक्षा गर्ने, पहिना सहितको संघीयता भएको संविधान जारी गर्ने, पार्टी र सरकारको नेतृत्वको विषयमा बसेर छलफल  गर्ने  उल्लेख छ ।
प्रचण्डको प्रस्तावमा बैद्यपक्ष प्रभावशाली नेता नेत्रविक्रम चन्द विप्लबले भने असन्तुष्ठि ब्यक्त गरेका छन् । उनले भने– हामिले सोचे जस्तो रुपमा अध्यक्षको प्रस्ताव आएन । आएन हामि त्यसको समिक्षा गर्दैछौ । सहमति बन्ने अवस्था म देख्दिन ।
प्रचण्डको प्रस्तावपछि बैद्यले आफ्नो विचार समूहमा छलफलपछि फेरि छलफल गरेर सहमतिमा पुग्न सकिने जवाफ दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको