विद्यार्थी संगठनहरुले शुल्कबृद्धिको अनुगमन गर्ने

१० बैशाख २०७२, बिहीबार ११:०७ मा प्रकाशित

काठमाण्डौ बैशाख १० । प्रमुख विद्यार्थी संगठनले निजी विद्यालयले आफूखुशी बढाएको शुल्क फिर्ता गराउन आफैं अनुगमन गर्ने भएका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका ९ वटा विद्यार्थी संगठनको संयुक्त बैठकले बढाइएको शुल्क अभिभावकलाई फिर्ता गराउन निजी विद्यालयको अनुगमन गर्ने निर्णय गरेको हो ।
गएको आइतबार विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच बढेको शुल्क फिर्ता गराउने, वैज्ञानिक रुपमा शुल्क निर्धारण गर्ने विषयमा समिति गठन गरेर अध्ययन गर्ने लगायतका १० बुँदे सहमति भएको थियो ।
निजी तथा आवासीय विद्यालयको संगठन प्याप्सनले बढाइएको शुल्क फिर्ता नगर्ने बताएपछि विद्यार्थी संगठनले आफैं अनुगमन गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो