संविधानसभाको बैठक आज बस्ने,प्रक्रियाको मिति तय हुन सक्ने

१० बैशाख २०७२, बिहीबार ११:०६ मा प्रकाशित

काठमाण्डौ बैशाख १० । संविधानसभाको बैठक आज बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्को बैठकको मिति तोकेर प्रक्रियाबारे जानकारी गराउने संभावना रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा दलबीच भएको सहमतिका बुँदा नआए, नेम्वाङले अर्को बैठकको मिति तोकेर प्रक्रियामा जानकारी गराउनुहुनेछ ।
यसैगरी बैठकले नयाँ सभासद्लाई कुन समितिमा पठाउने भन्ने तय गर्नेछ । संविधानसभामा ५ वटा समिति छन् । गएको सोमबार बसेको तीन दलको बैठकमा संविधानका मुख्य विवादित विषय भनिएको संघीयता बाहेकका विषयमा प्रक्रियाबाट अघि बढ्ने सहमति भएको थियो ।
तर यसबारे सचिवालयलाई जानकारी नहुँदा आजको बैठकमा बैकल्पिक एजेण्डा लिएर सचिवालय बसेको छ ।
सोमबार बिहान प्रधानन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको बैठकले संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले दलहरुबीच सबैभन्दा धेरै विवाद रहेको संघीयताको विवाद सुल्झाउने जिम्मा तीनै दलका शीर्ष नेतालाई दिएपनि यसबीचमा दलहरुबीच फेरि छलफल हुन सकेको छैन ।
एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाका नेताहरुले आजको वैठकमा सहभागी नहुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने