क्यारेवियन मुलुकमा पुगेका ७ नेपाली पक्राउ

१० बैशाख २०७२, बिहीबार १०:५१ मा प्रकाशित

काठमाण्डौ बैशाख १० । क्रुज म्यानेजमेन्टसम्बन्धी अध्ययन गर्न भन्दै क्यारेवियन मुलुक सेन्ट लुइस पुगेका सात जना नेपाली विद्यार्थी क्यमरेवियाको छिमेकी मुलुक ग्रेनाडामा पक्राउ परेका छन् ।
सेन्ट लुइसबाट अघिल्लो शुक्रबार बेपत्ता भएका उनीहरुलाई बुधबार ग्रेनाडा पुग्नासाथ प्रहरीले पक्राउ गरेको थियो । उनीहरु डुंगा चढेर ग्रेनाडा प्रवेश गर्न खोजेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
पक्राउ पर्नेमा २२ वर्षिय दीपक सापकोटा अर्का २२ वर्षिय चन्द्रबहादुर थापा १८ वर्षिय अंकित ढकाल,२३ वर्षिय प्रदीप अधिकारी, २० वर्षीय दीपक भुजेल रहेका छन् । यस्तै ३२ वर्षिय अर्जुन शर्मा काफ्ले र २० वर्षिय नमुकला तिवारी पनी पक्राउ परेकीे त्यहाँको अब्जभर अनलाइन पत्रिकाले जनाएको छ ।
उनीहरुले प्रतिब्यक्ति २० लाख रुपैयाँसम्म तिरेर सेन्ट लुइस एकेडमीमा पानी जहाज व्यवस्थापनसम्बन्धी कोर्स पढ्न त्यहाँ पुगेका थिए । मानव तस्करहरुले उनीहरुलाई एक बर्षमा क्रेडिट ट्रान्सफर गरी अमेरिका पठाइदिने आश्वासन दिएर पैसा लिएका थिए । तर, सेन्ट लुइस पुगेपछि दलालले विद्यार्थीलाई अलपत्र छाडेर भागेपछि उनीहरु ठगिएको पत्तो पाएका थिए ।
सेन्ट लुइस सरकारले ‘लिमबर्ड एकेमडी काण्ड’ नामले परिचित यो घटनामा करिव ७० जना नेपाली बिद्यार्थी पीडीत बनेको छन् ।
सेन्ट लुइस सरकारले यो घटनाको छानविन गर्न आदेश दिएको छ । ठगी र मानव तस्करीमा संलग्न रहेको भन्दै तीन भारतीयसहित चार जनलाई पक्राउ गरी मुद्दा चलाएको छ ।
यही काण्डमा ठगिएका अन्य केही नेपाली विद्यार्थी यसअघि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को सहयोगमा स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति