एमालेले जातीय पहिचानको पक्षमा रहेका नेता कार्यकर्तामाथि कारवाही नगर्ने

३१ जेष्ठ २०६९, बुधबार १५:३० मा प्रकाशित

काठमाडौ, ३१ जेठ । नेकपा एमालेले संघीयताको विषयमा फरक मत राख्दै पार्टीलाई चुनौति दिने नेताहरुलाई कारवाही नगर्ने भएको छ ।
एमाले स्थायी समितिको आज बसेको बैठकले  पार्टीका हरेक नेता कार्यकर्तालाई कुनैपनि बिषयमा स्वतन्त्रतापूर्वक विचार निर्माण गर्ने, बहस–छलफल चलाउने र सम्बद्ध कमिटी एवं सिङ्गो पार्टीलाई आफ्नो विचारको पक्षमा सहमत तुल्याउने अकुण्ठित अधिकार रहेको स्पष्ट पार्दै पार्टी काममा फर्किने सबै नेता कार्यकर्ताहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा ब्यवहार नहुने निर्णय गरेको छ ।
बैठकले स्थायी कमिटीले पार्टीका सम्बद्ध बैठकहरुमा उपस्थित हुन, आफ्ना मत वा फरक मतलाई अन्तरपार्टी छलफलको बिषय बनाउन, लोकतान्त्रिक विधिका आधारमा निर्णयमा पुग्न र निर्णयहरुलाई निष्ठापूर्वक कार्यान्वयन गर्न सम्बद्ध आब्हान पनि गरेको छ । आजको बैठकमा राज्यको पुनःसंरचनाको बिषयमा पार्टीसँग असन्तुष्ट रहेका नेताहरु स्थायी कमिटीको आमन्त्रणमा छलफलको प्रकृयामा सहभागी भएर आ–आफ्ना विचारहरु ब्यक्त गरेका थिए । एमालेले  उक्त कदमलाई सकारात्मक रुपमा लिएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा