बैद्यपक्षसँग आज निर्णायक वार्ता, पार्टी एकताकोलागी संस्थापन पक्ष हदैसम्म लचिलो हुने

३१ जेष्ठ २०६९, बुधबार ०९:२१ मा प्रकाशित

काठमाडौ, ३१ जेठ । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले पार्टी एकताकोलागी हदैसम्म लचक भएर प्रयास गर्ने भएको छ । हिजो बरिष्ठ उपाध्यक्ष मोहन बैद्यसँगको छलफलपछि आज विहान अध्यक्ष निवास लाजिम्पाटमा बसेको संस्थापन पक्षको स्थायी समितिको बैठकले पार्टी एकताकोलागी हदैसम्मको लचकता अपनाउने निर्णय गरेको हो ।
बैठकले आजै बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणसँग निर्णायक वार्ता गर्ने निर्णय पनि गरेको छ । बैद्यसँग आजै अपरान्ह ३ बजे निर्णाय वार्ता हुने प्रवक्ता दिनानाथ शर्मामाले जानकारी दिए ।
स्थायी समितिले पार्टी एकताका लागि वैद्य पक्षले राखेको प्रस्तावबारे छलफल गरेर वैद्य पक्षसँग आज हुने छलफल र प्रस्तुत गरिने अवधारणा तयार परेको छ । आजको वार्तामा दुवै पक्षबाट लिखित प्रस्ताव प्रस्तुत हुने र त्यसपछि सहमतिको खोजी गरिने भएको छ । वैद्य पक्षले पार्टी नेतृत्वले पार्टीको क्रान्तिकारी कार्यदिशाविरुद्ध गएर सेना समायोजन गरेको र संविधान निर्माणमा कमजोर भूमिका निर्वाह गरेको भन्दै आत्मआलोचन गर्नुपर्ने, अध्यक्षले राजीनामा दिनुपर्ने र उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ