चीनको खासा लैजाँदै गर्दा सिन्धुपाल्चोको कोदारीबाट दुई युवतीको उद्धार

३१ जेष्ठ २०६९, बुधबार ०८:५५ मा प्रकाशित

सिन्धुपाल्चोक, ३१ जेठ । नेपालसँग चीनको एकमात्र व्यापारीक नाका सिन्धुपाल्चोकको तातोपानी हुदैँ खासा बजारमा लैजादैँ गर्दा माइती नेपालको कोदारी शाखाले दुई युवतीलाई उद्धार गरेको छ । चीनको एक जगंलमा अलपत्र परीराखेको अवस्थामा काठमाडौ तिलगंगा घर बताउने नाम परिवर्तन गरिएका १७ वर्षीया गीता र सर्लाही घर भएकी १६ वर्षीया रीतालाई मेसमा काम गलाइदिने भन्दै असिम तामाङले खासा लैजादै गर्दा माइती नेपालले उद्धार गरेको माइती नेपाल कोदारीका संयोजक सहदेव तिवारीले जानकारी दिनुभयो । खासा लगेपछि मेसको काम भन्दा पनि होटलमा दुवै जनालाई जर्बजस्ती यौनधन्दामा लगाएपछि भागेर नेपाल आउँदै गर्दा बाटो बुलेर दुइ दिन सम्म जंगलमा नै बसेको युवतीहरुले बताएका छन् । खासा पु¥याइएका दुवै युवतीको पास र नागरिकता समेत होटवालाले खोसेर राखेको माइती नेपालले जनाएको छ । उद्धार गरिएका दुवैलाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाइसकिएको छ । नेपाली भुमी हुदै खासामा नेपाली युवतीको बेचबिखन हुन थालेपछि ६ महिना अघि माइती नेपालले कोदारीमा कार्यालय स्थापना गरेको छ । माइती नेपालले शाखा स्थापना गरेपछि ४ हजार युवतीलाई परामर्श दिएको छ भने खासा लैजादै गरेका २० जना युवतीलाई नेपाल चीन सीमाको मितेरी पुलबाट फर्काइएको माइती नेपाल कोदारीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे