९ बैशाख २०७२, बुधबार ०९:५६ मा प्रकाशित

काठमाण्डौ बैशाख ९ । धादिङको झ्याप्रेखोलामा आज विहान भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने तिन दर्जन घाइते भएका छन् । काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बर जे जे एक्स ९ ९ ०० नबरको बस नागढुंगाबाट केही अगाडि दुर्घटना भएको हो ।
बस सडकबाट झण्डै २०० मिटर तल खसेको छ ।
दुर्घटनामा मृत्यु भएका ८ महिला र ५ पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचान हुन बाँकी रहेको उद्धारमा खटिएका डि एस पि श्याम खत्रिले बताउनुभयो ।
बसमा ५१ जना यात्रु थिए । उद्दार कार्य चलिरहेको छ । सशस्त्र प्रहरीको डीएपीको नेतृत्वमा टोली खटिएको छ भने बलम्बुमा भएको तालिमप्राप्त टोली पनि पुगेको छ । उद्दारमा अहिले सशस्त्र प्रहरीको १०७ जनाको टोली खटिएको छ ।
बस खोचमा खसेकोले उद्धारकार्यमा कठिनाइ भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।