धादिङको नौबिसे भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

९ बैशाख २०७२, बुधबार १०:०० मा प्रकाशित

काठमाण्डौ बैशाख ९ । ५ स्थित झ्याप्रेखोलामा आज विहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने तिन दर्जन घाइते भएका छन् । काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बर जे जे एक्स ९ ९ ०० नबरको बस नागढुंगाबाट केही अगाडि दुर्घटना भएको हो ।
बस सडकबाट झण्डै २०० मिटर तल खसेको छ ।
दुर्घटनामा मृत्यु भएका ८ महिला र ५ पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचान हुन बाँकी रहेको उद्धारमा खटिएका डि एस पि श्याम खत्रिले बताउनुभयो ।
बसमा ५१ जना यात्रु थिए । उद्दार कार्य चलिरहेको छ । सशस्त्र प्रहरीको डीएपीको नेतृत्वमा टोली खटिएको छ भने बलम्बुमा भएको तालिमप्राप्त टोली पनि पुगेको छ । उद्दारमा अहिले सशस्त्र प्रहरीको १०७ जनाको टोली खटिएको छ ।
बस खोचमा खसेकोले उद्धारकार्यमा कठिनाइ भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित