बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

९ बैशाख २०७२, बुधबार ०९:४४ मा प्रकाशित

काठमाण्डौ बैशाख ९ । जर्मन क्लब बायर्न म्युनिखले जादुमयी खेलकै कारण च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा गर्न सफल भएको छ । गए राति भएको दोस्रो लिगको खेलमा दोस्रो लेगमा एफसी पोर्तो्विरुद्ध ६–१ को नतिजा निकाल्दै म्युनिखले सेमिफाइनल यात्रा तय गरेको हो ।

पहिलो लेगमा पोर्तोसँग ३–१ को हार ब्यहोरेको म्युनिखले दोस्रो लेगमा फराकिलो जित निकाल्न सफल भएको हो । जितपछि समग्रमा ७–४ को नतिजासहित अन्तिम चारमा स्थान बनाएको हो ।
अर्को खेलमा बार्र्सिलोेनाले क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लव पेरिस सेन्ट जरमाइनविरुद्ध २–० को जित हात पारेपछि समग्रमा ५–१ को नतिजासहित अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा ३–१ को नतिजा निकालेको बार्साका लागि दुवै गोल ब्राजेलियन स्ट्राइकर नेयमारले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो