निकुञ्जमा शिकार गर्दै गर्दा पूर्व प्रहरी प्रमुखसहित तीन पक्राउ

३१ जेष्ठ २०६९, बुधबार ०८:५४ मा प्रकाशित

नवलपरासी, ३१ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा शिकार गर्दै गरेको अवस्थामा नवलपरासीको नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट तीनजना पक्राउ परेका छन् । पूर्व प्रहरी प्रमुख प्रदीप शम्सेर जबरासहित तीनजना जङ्गली जनावर र पन्छी मारिरहेको अवस्थामा पक्राउ परेका हुन् । नवलपरासीको नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीमा शिकार खेल्ने क्रममा स्थानीय बासिन्दाले पूर्व प्रहरी महानिरीक्षक रहेका जबरालाई पक्राउ गरेको स्थानीय डिबी चौधरीले जानकारी दिनुभयो ।
बा २ च ४३५४ नम्बरको गाडी लगेर शिकार खेल्न गएका जबरालाई एउटा मारेको मयुर र दुई तीन बोरा शिकारसहित स्थानीयले पक्रन सफल भएका हुन् । टेलिस्कोप जडित अत्याधुनिक हतियार, शिकार, गाडीसहित जबरालाई बिहान नेपाली सेनाको जिम्मा लगाइएको छ । स्थानीय बासिन्दाले यसअघि पनि पटक पटक जबरा नवलपरासीमा चोरी शिकारमा संलग्न भएको बताएका छन । दुईमहिना अघि पनि जबरा शिकार खेल्न नवलपरासी जानुभएको थियो । जबरामाथि पद तथा शक्तिको दुरुपयोगमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल