भाइरलले इलाममा एकको मृत्यु

३१ जेष्ठ २०६९, बुधबार ०८:५३ मा प्रकाशित

ईलाम, ३१ जेठ । भाइरल प्रकोप फैलिएको इलाम जिल्लाको जोगमाईमा हिजो एकजनाको मृत्यु भएको छ । भाईरल प्रभावित क्षेत्रमा निमोनियाका कारण जोगमाई–७ घर भई वडा–२ मा बस्दै आएका ७० वर्षका मनबहादुर राईको मृत्यु भएको हो । जोगमाईमा एकसातादेखि भाईरल फैलिएको छ । भाइरल लागेका राईको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयले बताएका छन् । जोगमाईको वडा नम्वर २ र ७ मा टाउको दुख्ने, रिङ्गटा चल्ने, ज्वरो आउने, वान्ता हुने जस्ता समस्याले दुई सय जनाभन्दा बढी विरामी परेको स्थानीय भक्तबहादुर राईले बताउनुभयो । तर, जिल्ला स्वास्थ्य कार्यालयका छवि खतिवडाले भने त्यहाँ १५–२० जनामा मात्रै भाइरल भएको दाबी गरेका छन् । एक सातादेखि भाइरल फैलिए पनि स्वास्थ्य कार्यालयले त्यसतर्फ हिजो मात्रै स्वास्थ्यकर्मीको टोली पठाएको थियो । कार्यालयले सिनियर अहेव पुण्यमणी तिम्सिनाको नेतृत्वमा दुईजनाको स्वास्थ्यकर्मी  औषधिसहित खटाएको छ । तर, टोली भने यातायातको अभावमा रोग प्रभावित क्षेत्रमा अहिलेसम्म पुगेको छैन ।  प्रभावित क्षेत्रमा जानको लागि यातायात असहजताका कारण प्रभावित क्षेत्रमा तत्काल पुग्न समस्या भएको तिम्सिनाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी