शैक्षिक आन्दोलन चर्किने

८ बैशाख २०७२, मंगलवार १४:३५ मा प्रकाशित

काठमाण्डौँ, बैशाख ८ । सहमति भएअनुसार निजी विद्यालयहरुले शुल्क नघटाउने बताएपछि विभिन्न विद्यार्थी संगठनहरुले फेरि आन्दोलन चर्काउने भएका छन् ।
शिक्षा मन्त्रालयका सहसचिव, शिक्षा विभागका महानिर्देशक तथा निर्देशक र विद्यार्थी संगठनबीच आइतबार शुल्क नबढाउने सहमति भएको थियो । तर सरकारकै प्रमुख ब्यक्तिसँग भएको सहमति कार्यान्वयन नहुने प्याब्सनले जनाएपछि विद्यार्थीहरुले फेरि आन्दोलन चर्काउने तयारी गरेका हुन् ।
वैद्य निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आज विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयन नभए आन्दोलन चर्काउने जनाएको छ । सम्वन्धित विद्यालय संचालकहरुको संस्थाहरुबाट देखाइएको गैरजिम्मेवार तथा बदनियतपूर्ण ब्यवहारको कडा प्रतिरोध गरिने अध्यक्ष सुरेश गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहमतिको मसि सुक्न नपाउँदै फेरि आन्दोलनको लागि अकषिर्त गर्न खोजिएको र आफूहरु संघर्ष गर्न तयार रहेको गौतमले बताउनु भयो ।
जिल्ला शिक्षा अधिकारीकै निर्णयमा शुल्क बढाइएको विरोधमा वैद्य माओवादी निकट क्रान्तिकारीले निजी विद्यालयहरुको लेखा तथा प्रशासन शाखामा गरेको तालाबन्दीका कार्यक्रमको स्वामित्व लिँदै ९ विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि अस्ति आइतवार मन्त्रालय र विद्यार्थी प्रतिनिधिहरुबीच सहमति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन