एएफसी यु-१४ छात्रा च्याम्पियनसिपमा नेपालको राम्रो सुरुवात

८ बैशाख २०७२, मंगलवार १०:३८ मा प्रकाशित

काठमाण्डौ बैशाख ८ । साबिक विजेता नेपालले एएफसी यु-१४ छात्रा क्षेत्रीय च्याम्पियनसिप फुटबलमा सुखद सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले इरानलाई ३-२ गोलले हरायो। नेपालको जितमा रेखा पौडेलले दुई गोल गरिन्। अर्को गोल सरु लिम्बूले गरेकी थिइन्।

खेलको सुरुदेखि नै छरितो प्रदर्शन गरेको नेपालले २६औं मिनेटमा खाता खोलेको थियो। नेपालका लागि सरुले पहिलो गोल गरिन्। उनले मञ्जली कुमारीको कर्नर पासलाई डिबक्सभित्र नियन्त्रणमा लिँदै आकर्षक गोल गरिन्।

रेखाले ३२औं मिनेटमा अर्को गोल थपिन्। इरानको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै रेखाले डिबक्सभित्र पाएको बललाई सोझै जाली चुमाइन्। उनले ४६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपिन्।

नेपालको तुलनामा कमजोर देखिएको इरानले २८औं र ७२औं मिनेटमा गोल गरको थियो। इरानका लागि पहिलो गोल फतेमेह अमिरीले गरिन्। डिबक्सभित्र नेपालका रक्षकले बललाई क्लियर गर्न अलमल गर्दा अमिरीको सोलो प्रहार सोझै गोलमा परिणत भयो। दोस्रो गोल फतेमेह घसेमीले गरेकी थिइन्।
अघिल्लो वर्ष श्रीलंकामा भएको च्याम्पियनसिपमा नेपालले आफूले खेलेका पाँचवटै खेलमा सफलता हात पार्दै उपाधि चुमेको थियो। उक्त प्रतियोगितामा नेपालले ताजिकिस्तानलाई २-०, भारतलाई ४-०, भुटानलाई ९-०, श्रीलंकालाई १-० र इरानलाई ४-० गोलले हराएको थियो।
यसैगरी लगनखेलस्थित आर्मीको मैदानमा भएको समूह ‘ए’कै अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ६-० गोलले हरायो। श्रीलंकाको जितमा गौरीले चौथो मिनेटमा खाता खोलिन्।
दोस्रो गोल १६औं मिनेटमा लोचनीले गरिन्। तेस्रो गोल २३औं मिनेटमा पवसरा र चौथो गोल ३२औं मिनेटमा धनुषीले गरे।
इमेसाले अतिरिक्त समयमा अर्को थपेपछि पहिलो हाफमै श्रीलंकाले ५-० को अग्रता लियो। श्रीलंकाले दोस्रो हाफमा एउटा मात्र गोल गर्यो। श्रीलंकाका लागि छैटौं गोल ६९औं मिनेटमा थरमिकाले थपिन्।
यसैगरी दशरथ रंगशालामा भएको समूह ुबीुको पहिलो खेलमा भारतले कमजोर प्रतिद्वन्द्वी भुटानलाई १२-० गोलले हरायो। भारतको जितमा करिश्माले चार गोल गरिन्। थाइल्यान्ड देवीले पनि ह्याट्रिक पूरा गरिन्।
अपर्ण रोय, सोमाया नाडिया, सौमाया, वानिया काविरा र लक्ष्मीदेवीले एकएक गोल गरे। लिग कम नकआउटका आधारमा खेलाइएको च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा आयोजक नेपालसहित इरान, माल्दिभ्स र श्रीलंका छन्। समूह ‘बी’ मा भुटान, बंगलादेश र भारत रहेका छन्। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। च्याम्पियनसिप नेपालमा पहिलोपटक आयोजना गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान