बस पल्टिँदा ३ जनाको मृत्यु

८ बैशाख २०७२, मंगलवार १०:०५ मा प्रकाशित

काठमाण्डौ बैशाख ८ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पिलुवास्थित पसाहा खोला नजिक आज बिहान यात्रु बाहक बस पल्टिँदा तीन जनाको ज्यान गएको छ । २० जना घाइते भएका छन ।
काठमाडौबाट सर्लाहीको मलंगवाकालागी छुटेको ना ४ ख ४५१६ नम्बरको बस पल्टिँदा एक महिला र दुई पुरुष गरि तीन जनाको ज्यान गएको हो । मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी छ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइतेहरुको निजगढ अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण बस पल्टिएको यात्रीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र