शुल्कबृद्धि फिर्ता गर्न सरकार प्रतिबद्ध

८ बैशाख २०७२, मंगलवार १०:०१ मा प्रकाशित

काठमाण्डौ बैशाख ८ । निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन गर्ने सरकारले जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले विद्यार्थी संगठन, अभिभावक र निजी विद्यालयबीच भएका सहमति कार्यान्वयनका लागि शिक्षा विभागलाई हिजै पत्र पठाइसकेको जानकारी दिनुभयो ।
उहाँले त्यो सहमतिको अक्षरस कार्यान्वयन हुने स्पष्ट पार्नुभयो । तर निजी तथा आवासीय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यार्थीको दबाबमा सहमति भएको र यस्तो सहमति कार्यान्वयन नहुने बताउनुभएको छ ।
उहाँले शिक्षा ऐनको निर्दे्शिकामा भएका कुरा पालना गर्न आफुहरु तयार रहेपनि कसैको दबाबमा आएर शुल्क घटाउन नसक्ने बताउनुभयो । अध्यक्ष केसीले बैज्ञानिक तरिकाले हुने शुल्क निर्धारणमा आफुहरुको सहमति हुने भन्दै तीन वर्ष अघिकै शुल्क लिनुपर्नेमा सहमति नहुने बताउनुभयो ।
विद्यार्थी संगठनले भने अस्ति सहमति गरेर आज नमान्ने भन्नु विधि विधानमा चल्न नचाहेको आरोप लगाउदै सहमति कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । अस्तिको सहमति सरकारसँग भएकाले यो कार्यान्वयन हुनेमा आफुहरु आशावादी रहेको उनीहरुको भनाई छ ।
अभिभावक संघ नेपालका अध्यक्ष अभिभावकलाई साक्षी राखेर भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । अस्ति राती भएको सहमतिमा निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्ने सहमति भएको थियो । भोलि शुल्क निर्धारण समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ