ब्राजिलमा बन्दुकधारीको आक्रमणमा ८ जना मारिए

७ बैशाख २०७२, सोमबार १५:०१ मा प्रकाशित

काठमाडौं, वैशाख ७ । ब्राजिलको सायो पाओलो सहरस्थित फुटबल फ्यान क्लबमा अज्ञात बन्दुकधारीको आक्रमणमा ८ जना फुटबल समर्थक मारिएका छन् ।
फुटबल खेल शुरु हुनुअघि कोरिन्थियान्स् फुटबल क्लबका सदस्यहरुले ब्यानरको तयारी गरिरहेका बेला बन्दुकधारीले उनीहरुमाथि गोली हानेका थिए ।
३ जना बन्दुकधारीले गोली हान्नुअघि ७ जना फुटबल समर्थकलाई जमिनमापल्टन अह्राएका थिए । अर्को एकजनालाई भने भाग्न खोज्दा गोली हानिएको थियो ।
प्रहरीले घटनामा लागूऔषध कारोबारीको संलग्नता रहेको आशंका गरेको छ । ब्राजिलमा फुटबल समर्थकबीच चर्किँदै गएको हिंसा चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ