प्रधानमन्त्री कोइराला इन्डोनेसिया प्रस्थान

७ बैशाख २०७२, सोमबार १४:५६ मा प्रकाशित

काठमाण्डौ बैशाख ७ । इन्डोनेसियाको जकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।
सम्मलनको ६० औँ तथा नया एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वाषिर्षोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज उहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री कोइरालालाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरु, मुख्य सचिव लगायतले विदाई गर्नुभएको थियो भने उहाँको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो ।
‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जकार्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वाषिर्षोत्सव वाङ्डुङ सहरमा यही वैशाख ११ गते आयोजना हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह