स्वाइन फ्लुका कारण सोमलाल बटाजुको निधन

७ बैशाख २०७२, सोमबार १४:५३ मा प्रकाशित

काठमाण्डौ बैशाख ७ । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा निधन भएको छ ।
स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनु भएको थियो । चर्चित एसओएस म्यानपावरका सञ्चालक समेत रहनुभएका आज राति १ बजेर २० मिनेटमा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।
बटाजु ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुन आँउदा नै गम्भिर अवस्थामा आउनुभएको र उहालाई स्वाइन फ्लुको संक्रमणले कडा निमोनिया भएको र मल्टिपल अर्गान फेलियरका कारण उहाँको निधन भएको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजु ६८ बर्षका हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले