
काठमाडौ, ३० जेठ । नेकपा एमालेका असन्तुष्ट जनजाति नेताहरूले लिखित रूपमा आफ्नो धारणा पार्टी नेतृत्वसमक्ष पेश गरेको छ । आदिवासी जनजातिको मुद्दामा पार्टीको धारणासँग आपत्ति जनाउँदै आएका नेताहरूसँग आज नेतृत्वले छलफल गरेको छ । छलफलका क्रममा उनीहरूले आफ्नो धारणा लिखित रूपमा प्रस्तुत गरेको पोलिटब्यूरो सदस्य विजय सुब्बाले जानकारी दिनुभयो । जनजाति नेताहरूको प्रस्तावमाथि पार्टी नेतृत्व पुनर्विचार गर्ने सङ्केत दिएको पनि जनजाति नेताहरूले बताएका छन् । जातीय मुद्दामा पार्टीमा देखिएको विवादबारे वृहद् रूपमा छलफल गर्न एमालेले असार ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार