काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा देउवा पक्ष अनुपस्थित

३० जेष्ठ २०६९, मंगलवार १८:३५ मा प्रकाशित

काठमाडौ, ३० जेठ । नेपाली काङ्ग्रेसको आज बसेको बैठकमा पनि देउवा पक्षले भाग लिएन । आजको बैठकमा भ्रातृसंस्थाहरूको विषयमा देखिएको विवादलाई समाधान गर्ने भनिएको थियो । देउवा पक्षले भ्रातृसंस्थामा रहनेहरूको नामावली नबुझाएकोले बैठकमा यो विषयमा छलफल हुन नसकेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिनुभयो । थापाका अनुसार देउवा पक्षमा पनि भ्रातृसंस्थाको विषयमा मतैक्यता हुन सकेको छैन । आज बसेको काङ्ग्रेस बैठकले तरुण दल चितवनका तत्कालीन शिव पौडेलको हत्या हुनुमा चितवन काङ्ग्रेस सभापति विकास कोइरालाको कमजोरी देखिएकोले उहाँसँग स्पष्टीकरण लिइने निर्णय भएको छ ।
यसैबीच सरकारले ल्याउन लागेको अध्यादेशका विरोधमा थप रणनीति बनाउनका लागि काङ्ग्रेस एमालेलगायतका प्रतिपक्षी दलहरूको बैठक काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि सुरु भएको छ । सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेकोमा प्रतिपक्षीहरूले काम चलाउ सरकारलाई यसरी बजेट ल्याउन नदिन दबाब दिने निर्णय गरिसकेका छन् । थप रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक आज फेरि बसेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्