अपहरण र हत्याको योजनासहित पाँच युवा पक्राउ

६ बैशाख २०७२, आईतवार १३:०९ मा प्रकाशित

काठमाडौं, बैशाख ६ । वैदेशिक रोजगारका क्रममा ठगिएपछि बदला लिन चितवनमा हत्या गर्ने योजना बनाएर गएको समूहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको उवा ४ का २६ वर्षीय प्रेम रोक्कामगर, दाङको तुल्सीपुर ४ का ३० वर्षीय विशाल घर्तीमगर, सिन्धुपाल्चोकको मेलम्ची ४ का १९ वर्षीय प्रेम तामाङ, मोरङको हसन्दपुर ४ का २१ वर्षीय मयंक शाह र नवलपरासीको कोटथर ३ का २२ वर्षीय मीनबहादुर राना छन् ।
प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, ३०३ गोली राउन्ड एक थान, मुन्द्रा भएको डमी राउन्ड एक थान,फलामे चपर एक थान र ना१ज ३०७० नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ ।
चितवन प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुईजनालाई अबैधानिक रुपमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका पठाइएको र त्यहा उनीहरु पक्राउ परेपछि नेपाल फकिर्कका थिए ।
नेपाल फकिर्कपछि उनीहरूले विदेश पठाउने व्यक्तिलाई गोली हानी हत्या गर्ने योजना बनाएका थिए ।
तर, हिजो शनिबार दिउँसो उनीहरुको हत्या योजना बनाएको थापा पाएपछि प्रहरीले नियन्त्रणमा लिई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाएको छ ।
प्रहरीले हत्याको योजना बनाइएका म्यानपावरका सञ्चालक र व्यापारीको नाम भने गोप्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी