इभाना मानन्धर बनिन् मिस नेपाल

६ बैशाख २०७२, आईतवार ११:२१ मा प्रकाशित

काठमाण्डौ बैशाख ६ । काठमाण्डौ भोटेवहालकी इभाना मानन्धर यस बर्षको मिस नेपाल बनेकी छिन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्याइदिइन् । उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् ।
कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् ।
उनले १८ प्रतिस्पर्धीलाई पछि पारिन् । दिव्यता बैद्य फस्ट रनर अप भइन् । सेकेण्ड रनर अप मेधा कोइराला भइन् ।
द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् ।

यस्तै, विभिन्न १० टाइटलमा प्रतिस्पर्धीले पुरस्कार जितेका छन् । अघिल्ला बर्ष जस्तै यस बर्ष सम्पूर्ण विधाको घोषणा एकसाथ गरिएन । विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो ।
जसमा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यको पोल्टामा गयो । यस्तै, मिस इन्टेलेक्चुअल विधामा इभाना मानन्धरले टाइटल जितिन् । मिस स्कुलर अफ द इयर टाइटलको उपाधी सुदिपा पाठक, मिस कप्लेक्सनको उपाधी निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् ।
मिस ट्यालेन्ट विधाको उपाधी पूजा श्रेष्ठ, गस गर्ल विधाकी विजेता इभाना मानन्धर, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विधाकी विजेता सोनु थापा मगर, मिस पर्सानालिटी इभाना मानन्धर, ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन