संविधान सभाको बैठक आज बस्ने

६ बैशाख २०७२, आईतवार ११:११ मा प्रकाशित

काठमाण्डौ बैशाख ६ ।संविधानसभाको बैठक आज बस्दैछ । वानेश्वर स्थित संबिधानसभा भवनमा आज दिउसो ३ वजेको लागी बोलाइएको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
थापाको उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो । लगातार शोक प्रस्ताव प्रस्तुत गर्दै स्थगित हुँदै आएको संविधानसभाको बैठकमा अन्य कुनै कार्यसूची नरहेको बताइएको छ ।
पूर्व सभासद् रामनाथ ढकाल तथा सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव पारित गर्दै यसअघिका बैठक स्थगित भएका थिए । बैठकमा शोक प्रस्ताव पारित भएपछि अन्य विषयमा प्रबेश गर्न नमिल्ने संसदिय अभ्यास छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन