न्याय परिषद्को बैठक आज बस्दै

६ बैशाख २०७२, आईतवार ११:०९ मा प्रकाशित

काठमाण्डौ बैशाख ६ । रिक्त न्यायाधीश नियुक्तिको सिफारिसबारे छलफल गर्न न्याय परिषदको बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि बस्ने परिषद बैठकमा सर्वोच्च अदालतमा रिक्त ३ स्थायीसहित अस्थायी न्यायाधीश नियुक्तिको विषयमा छलफल हुने परिषदले जनाएको छ ।
परिषदका सचिव कृष्ण गिरीले माथिल्लो निकायदेखि तल्लो निकायसम्म नियुक्त गर्ने एजेण्डा अनुसार पहिला सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिस हुने जानकारी दिनुभयो ।
सर्वोच्च अदालतमा ३ स्थायी न्यायाधीश पद रिक्त छ । मुद्दाको चाप अनुसार अस्थायी न्यायाधीशहरु नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था भएकाले सोही बमोजिम नियुक्तिको सिफारिस गर्ने तयारी परिषदको छ ।
वार एशोसिएसनले आफ्नो तर्फबाट पठाउने एक सदस्य सिफारिस गर्न नसकेपनि न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने परिषदको तयारी छ । आन्तरिक विवादका कारण चार महिना हुँदासम्म बारले आफ्नो तर्फबाट परिषद सदस्य सिफारिस गर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको